सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

भेनेजुएलामा अमेरिकी आक्रमण

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
भेनेजुएलामा अमेरिकी आक्रमण

अमेरिकी प्रतिबन्धले संकटमा गएको अर्थतन्त्र र निरंकुश शासनका कारण भेनेजुएलाभित्रै पनि मदुरो विरोधी स्वर चर्को छ।

काठमाडौं- अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रशाकित समाचारअनुसार अमेरिकाले भेनेजुएलाको राजधानीमा काराकासमा एकसाथ कयौं बम धमाका भइरहेका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई देशबाट निकाल्ने र  नियन्त्रणमा लिनका लागि भन्दै आक्रमण गरिएको जानकारी गराइसकेका छन्। 

पछिल्लो समय अमेरिकाले मदुरोलाई अमेरिकामा लागुओषध आपूर्ति गर्ने ग्याङको नेता भएको आरोप लगाएको थियो।

अमेरिकालाई बर्बाद गर्नका लागि मदुरोले नै संगठित अपराध गरिरहेको र त्यसलाई राष्ट्रिय सुरक्षाको नाम दिएर भेनेजुएलाप्रति आक्रमक भएको थियो। 

सुरूमा भेनेजुएलाका सिपमेन्टमा बाधा सिर्जना गरेको अमेरिकाले आक्रमण नै गरेको छ। 

शीतयुद्धको सुरुवाति चरणमा अमेरिकाको साझेदार रहेको भेनेजुएलासँग अमेरिकाको सम्बन्ध पछिल्लो लामो समयदेखि चिसिएको छ।

अमेरिकी प्रतिबन्धले संकटमा गएको अर्थतन्त्र र निरंकुश शासनका कारण भेनेजुएलाभित्रै पनि मदुरोविरोधी स्वर चर्को छ। यद्यपि नागरिकले देश छाड्ने दर तीव्र छ। 

 


प्रकाशित : शनिबार, पुस १९ २०८२१५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend