बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सन् २०२५ मा  ३ लाखभन्दा बढी पर्यटकले गरे पाटन दरबार संग्रहालयको अवलोकन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
सन् २०२५ मा  ३ लाखभन्दा बढी पर्यटकले गरे पाटन दरबार संग्रहालयको अवलोकन

ललितपुर- सन् २०२५ मा ३ लाख १३ हजार ३ सय जना पर्यटकले पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन्।

पाटन दरबार संग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल १ लाख ५ हजार ३ सय विदेशी पर्यटकले संग्रहालयको अवलोकन गरेका हुन्। 

अघिल्लो वर्ष सन् २०२४ मा भने कुल ३ लाख १८ हजार ३ सय ३७ विदेशी पर्यटकले संग्रहालयको अवलोकन गरेका थिए। यस आधारमा सन् २०२५ मा पर्यटक आगमनमा अघिल्लो वर्षको तुलनामा केही कमी आएको छ।

सन् २०२५ मा ४० हजार ४ सय नेपाली विद्यार्थी र १ लाख २४ हजार ५ सय ५० नेपाली सर्वसाधारणले पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन्। प्रशासकीय प्रमुख लाखेका अनुसार नेपाली पर्यटकको संख्या हरेक वर्ष बढ्दो क्रममा छ। 

उनले भने, 'देशको बदलिँदो परिस्थितिका कारण विदेशी पर्यटकको आगमनमा उतारचढाव देखिए पनि नेपाली पर्यटकको संख्या भने निरन्तर बढिरहेको छ।'

विदेशी पर्यटकको संख्या घट्नुको प्रमुख कारण जेनजी आन्दोलन र पाटन दरबार क्षेत्रका सडक सुधारका कार्यहरू रहेको प्रशासकीय प्रमुख लाखेले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, पुस १९ २०८२१०:४७
  • सम्बन्धित विषय:

  • # पाटन दरबार संग्रहालय
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend