बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बुद्ध एयर जहाज दुर्घटना : को-पाइलटसहित ७ यात्रु घाइते, ६ जना सामान्य उपचारपछि डिस्चार्ज

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
बुद्ध एयर जहाज दुर्घटना : को-पाइलटसहित ७ यात्रु घाइते, ६ जना सामान्य उपचारपछि डिस्चार्ज

क्त जहाजमा ५१ जना यात्री, ४ जना चालक दलका सदस्य र १ जना विमानका इन्जिनियर थिए। तीमध्ये ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्री घाइते भएका छन्।

झापा- भद्रपुर विमानस्थलमा शुक्रबार राति ९:१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका १ जनासहित ७ यात्रु घाइते भएका छन्।

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३ सय मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले प्रारम्भिक जानकारी दिए।

उक्त जहाजमा ५१ जना यात्री, ४ जना चालक दलका सदस्य र १ जना विमानका इन्जिनियर थिए। तीमध्ये ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्री घाइते भएका छन्।

घाइतेहरूमा भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं-१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याएको थियो। टाउको र अनुहारमा चोट लागेका को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना घाइते सामान्य उपचारपछि 'डिस्चार्ज' भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिए। 

उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रबार राति ८:२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९:१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो।

जहाज दुर्घटनामा परेलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ। प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्‍याएको थियो। रासस


प्रकाशित : शनिबार, पुस १९ २०८२१०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend