काठमाडौं- भद्रपुर बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेमा चिप्लिएको छ। काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान रनवेमा चिल्पिए पनि ठूलो दुर्घटनाबाट भने जोगिएको छ।
बुद्ध एयरको जहाज (कल साइन ९एन एएमएफ) भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट केही भाग बाहिर गएको हो।
जहाजमा सवार ५१ जना यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको विमानस्थलले जनाएको छ।
अवतरणका क्रममा जहाज रनवेबाट बाहिरिए पनि कुनै मानवीय क्षति नभएको र यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
घटनापछि विमानस्थल प्रशासन र सम्बन्धित निकायले आवश्यक प्राविधिक जाँच तथा व्यवस्थापनको काम अघि बढाएका छन्।