सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

गणितमा कुन देश अब्बल?

शनिबार, पुस १९ २०८२
गणितमा कुन देश अब्बल?

विद्यार्थीहरुले गणितलाई समस्या समाधानमा के कसरी प्रयोग गर्छन भन्ने कुरालाई पीआईएसएले आधार बनाएको छ। यसमा विश्वको शिक्षा प्रणालीलाई समेत तुलना गरिएको उल्लेख छ।

काठमाडौं- आधुनिक अर्थशास्त्रमा सबैभन्दा महत्वपूर्ण भूमिका गणितकै रहेको छ। विज्ञनदेखि कम्प्युटरसम्म सबै शास्त्रमा गणित नै आधार स्तम्भको रुपमा रहेका हुन्छ। 

गणितकै सहायताले अर्थतन्त्रमा नवीनता, उत्पादकत्व र दीर्घकालिन प्रतिस्पर्धात्मकतालाई समेत सहयोग गरिरहेको हुन्छ। प्रविधि र तथ्यांकमा आधारित कार्यलाई केन्द्रिकृत गर्छ। गणितमा अब्बल भएका देशहरुले नै आधुनिक समयमा प्रविधिको विकास र नवीनतामा प्रगति गरिरहेका छन्। 

ओईसीडीको पीआईएसए २०२२ एसिस्मेन्टको तथ्यांकमा आधारित रहेर भिजुअल क्यापिटालिस्टले गणितमा अब्बल रहेको देशहरुको सूची तयार पारेको छ। १५ देखि १६ वर्ष समूहमा गरिएको सर्भेका आधारमा गणितमा राम्रो रहेका देशको सूची तयार पारिएको छ। विभिन्न प्यारामिटरलाई आधार मानेर औषत अंक निकालिएको छ। 

विद्यार्थीहरुले गणितलाई समस्या समाधानमा के कसरी प्रयोग गर्छन भन्ने कुरालाई पीआईएसएले आधार बनाएको छ। यसमा विश्वको शिक्षा प्रणालीलाई समेत तुलना गरिएको उल्लेख छ। 

यो तथ्यांकमा गणितमा सबैभन्दा अब्बल देश सिंगापुर रहेको छ। भिजुअल क्यापिटालिस्टले पीआईएसएले गरेको सर्भेमा प्राप्त गरेको अंकमध्ये कम्तिमा ४ सय बढीमा ६ सय अंकलाई आधार मानेको छ। यसमा ओईसीडीको औषत अंक ४ सय ७२ रहेको छ।

यी हुन् धेरै अंक पाउने देश :

१. सिंगापुर- ५७५

२. मकाउ- ५५२

३. ताइवान- ५४७

४. हङकङ- ५४०

५. जापान- ५३६

६. दक्षिण कोरिया- ५२७

७. स्टोनिया- ५१०

८. स्वीजरल्यान्ड- ५०८

९. क्यानडा- ४९७

१०. नेदरल्यान्ड- ४९३

११. आयरल्यान्ड- ४९३ं२

१२. बेल्जियम- ४८९

१३. डेनमार्क- ४८९

१४. बेलायत- ४८९

१५. पोल्यान्ड- ४८९ 

पूर्वीएसियाले निर्धारण गरेको ग्लोबल बेन्चमार्क

सिंगापुरले विश्व गणित सिकाइमा नयाँ मानक कायम गरेको छ। गणित सिकाइमा सिंगापुरले औषतमा ५ सय ७५ अंक ल्याएको छ। यो संसारकै सबैभन्दा पहिलो हो। पूर्वी एसियाली देशहरु गणित सिकाइमा अग्रणी देखिएका छन्। सिंगापुरसँगै दोस्रो स्थानमा मकाउ, ताइवान, हङकङ, जापान र कोरिया सूचीको अग्रणी स्थानमा छन्। 

यी देशहरुले गणित सिकाइमा राम्रो गरिरहेका र त्यहाँ सिकाइ सम्बन्धि प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिरहेको पाइन्छ। यसले नवीनता र प्रविधि विकासमा महत्वपूर्ण योगदान गरिरहेको र गर्नेछ। 

गणित सिकाइमा युरोपेली देशहरुमा पनि अब्बल नै देखिएका छन्। युरोपेली देशरुमा औषत स्कोर ५ सय वा त्यो भन्दा केही बढी देखिएको छ। युरोपलाई स्टोनियाले लिड गरेको छ। त्यस्तै स्वीजरल्यान्ड, नेदरल्यान्ड, आयरल्यान्ड, बेल्जियम, डेनमार्क र पोल्यान्डले राम्रो अंक हासिल गरेका छन्। 

उक्त सूचीमा समग्रमा ४ सय ९७ अंक प्राप्त गरेर क्यानडा समग्र सूचीको नवौँ स्थानमा रहेको छ। पूर्वी एसिया र युरोप बाहिरको देशमा राम्रो अंकसहित क्यानडाले आफूलाई अब्बल सावित गरेको छ। यता अमेरिकाले भने ओईसीडीको औषतभन्दा कम अंक हासिल गरेको छ। अमेरिकाले गणित सिकाइमा औषतमा ४ सय ६५ अंक पाएको छ। 

यो सूचीमा अफ्रिकी, मध्यपूर्वी तथा ल्याटिन अमेरिकी देशहरुले राम्रो अंक पाउन नसकेर अटाएका छैनन्। यी क्षेत्रहरुमा शैक्षिक पर्फरमेन्स कम देखिएको छ। जसको प्रत्यक्ष प्रभाव गणित सिकाइमा पनि देखिएको छ। 


प्रकाशित : शनिबार, पुस १९ २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend