सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

सुनमा लगानी : नेपालीले भित्रभित्रै खोजेको स्मार्ट मार्ग

आइतबार, पुस २० २०८२
सुनमा लगानी : नेपालीले भित्रभित्रै खोजेको स्मार्ट मार्ग

तर यस्तो मार्गको विधि नहुँदा सबैले पाउने अवस्था छैन भने।

काठमाडौं- नेपालको मौजुदा कानूनी व्यवस्थाअनुसार सुनलाई गहनाको रुपमामात्र खरिद गर्न पाइने व्यवस्था रहेको छ। कुनै पनि व्यक्तिले रसायन प्रयोग नगरिएको सुनको खरिद गर्न नपाउने व्यवस्था रहेको छ।

सुनलाई गहनामात्र भन्दा पनि लगानीको माध्यमका रुपमा संसारभर प्रचलित भएपनि नेपालमा भने परम्पारगत व्यवस्था नै कायम छ। तर यहीबीचमा नेपाली लगानीकर्ताले भने जुक्ति लगाएर लगानी पनि गर्दै आएका छन्। 

विभिन्न तरीकाले यसमा गहना बाहेकको सुनामा लगानी गर्नेहरू बढ्दै गएका छन्। विशेषगरी पछिल्लो समय सुन चाँदीको बुल सुरू भएपछि यसतर्फ आकर्षित हुन थालेका हुन्। तर यस्तो लगानी कानूनी रुपमा भने गर्न पाइँदैन। त्यही भएर सबैले यस्तो अवसर पाउँदैनन्। 

चिनजान तथा विश्वासको सम्बन्धका आधारमा यस्तो कारोबार हुने गरेको सुन चाँदी व्यवसायीहरू नै बताउँछन्। 

अनौपचारिक तथा अवैध र अनुचित लेनदेनको भूमिगत कारोबार बाहेक वैध रुपले पनि लगानी हुने गरेको छ। सुनचाँदी व्यवासयी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन्। यस्तो कारोबार नेपालमा पहिलेदेखि भइरहेपनि यसको औपचारिक आकार भने सानो भएको उनको भनाइ छ। 

सुनचाँदीको बारोबार गर्ने पसलमा गएर ग्राहकले उक्त दिनको सुनको पूरै मूल्य तिर्ने तर गहनाको रुपमा लिंदैनन्। यसरी तिरेपछि पसलको रेकर्डमा उसको सुन रजर्भ हुन्छ। उसले फेरि आफूलाई आवश्यक पर्दा वा मन लाग्दा बिक्री गर्नसक्छ। तर यो विश्वासका आधारमा मात्र हुन्छ। 

संसारकै सबैभन्दा सुरक्षित लगानीको माध्यम बनिरहेको सुनप्रति नेपालमा पनि सचेतना फैलिन थालेको छ। सरकारले गहना बाहेक अरु माध्यममा सुनको कारोबारलाई अवैध बनाएपनि लगानीकर्ताले स्मार्ट मार्गको खोजी गरेका छन्। तर यस्तो मार्गको विधि नहुँदा सबैले पाउने अवस्था भने छैन। 

विदेशी मुद्राको खर्च गरेर आयात गर्नुपर्ने भएकाले सुनलाई नेपालले संवेदनशील कारोबारको वर्गमा राखेको छ। अझ पछिल्लो समय सुनचाँदीको कारोबारलाई उच्च निगरानीमा राख्ने तयारी गरेको छ। कानून व्यवस्था नभएपनि सुन चाँदीको अभौतिक कारोबारको केही प्रयास भएको पनि राष्ट्र बैंकले बन्द गराएको छ। 

पछिल्लो समय चाँदीको पनि यस्तै अभौतिक कारोबारको मार्केटिङ इन्टरनेटको माध्यमबाट भइरहेको छ।


प्रकाशित : आइतबार, पुस २० २०८२०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend