बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रोल्वालिङ खोला जलविद्युत आयोजनाको लागत १५ अर्ब

शुक्रबार, पुस १८ २०८२
रोल्वालिङ खोला जलविद्युत आयोजनाको लागत १५ अर्ब
सांकेतिक तस्बिर।

काठमाडौं- रोल्वालिङ खोला जलविद्युत आयोजनाको लागत १५ अर्ब १० करोड अनुमानसहित वातावरणीय प्रभाव रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ।

आयोजनाको निर्माण अवधि ४ वर्षको हुने रिपोर्टमा उल्लेख छ। ८८ मेगावाट क्षममताको आयोजनाको प्रतिमेगावाट लागत १७ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ।

आयोजना दोलखाको गौरीशंकर र विगु गाउँपालिका रहने छ। आयोजनाको प्रस्ताव एचइडी इनर्जी प्रालि हो। आयोजनाले ६ मिटर अग्लो र २५ मिटर लम्बाइ बाध निर्माण हुने छ।

प्रस्तावित आयोजना नदीको प्रवाहमा आधरित भइ निर्माण हुने जलविद्युत आयोजना हो। आयोजनाबाट गौरीशंकर गाउँपालिका वडा नम्बर ९ र विगु गाउँपालिकाको वडा नम्बर १ मा पर्दछ। 


प्रकाशित : शुक्रबार, पुस १८ २०८२१५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend