काठमाडौं- काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ।
सहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यकाका विकास प्राधिकरण र काठमाडौं महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ।
धोवीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ। हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएको छ। बायाँ किनारतर्फको काम हुँदैछ।
प्राधिकरणले धोवीखोला करिडोर तथा कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना क्षेत्रको बाटोमा खाल्डाखुल्डी भएकाले व्यापक जनगुनासो रहेको र उक्त बाटो यथाशीघ्र गर्नुपर्ने भएकोमा आयोजनाको बजेट रोक्का र अपुग भएकाले मर्मतका लागि काठमाडौं महानगरपालिकाका अनुरोध गरेको थियो।
प्राधिकरणको अनुरोधमा काठमाडौं महानगरपालिकाबाट सडक मर्मत भइरहेको छ।
