बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक वर्षमा अन्नपूर्ण क्षेत्रमा पुगे २ लाख ९९ हजार ८ सय ३१ विदेशी पर्यटक, सन् २०१९ को भन्दा बढी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १८ २०८२
एक वर्षमा अन्नपूर्ण क्षेत्रमा पुगे २ लाख ९९ हजार ८ सय ३१ विदेशी पर्यटक, सन् २०१९ को भन्दा बढी

सन् २०२४ मा २ लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए भने सन् २०१९ मा १ लाख ८१ हजार पर्यटक भित्रिएका थिए।

गण्डकी- सन् २०२५ मा २ लाख ९९ हजार ८ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।

प्रसिद्ध पदयात्रास्थलको भ्रमण दक्षिण एसियाली मुलुकका १ लाख ७७ हजार ६ सय २८ र अन्य मुलुकका १ लाख २२ हजार २ सय ३ ले गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रबीन कडरियाले बताए।

सन् २०२४ मा २ लाख ४४ हजार ४५ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए भने सन् २०१९ मा १ लाख ८१ हजार पर्यटक भित्रिएका थिए।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत स्थल आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य हुन्। रासस

प्रकाशित : शुक्रबार, पुस १८ २०८२११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend