काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ।
बिहीबार २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको आइतबार सुन अहिलेसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ थियो।
गएको सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३ सय ७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।


