बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सन् २०२५ मा  ११ लाख ५८ हजार विदेशी पर्यटक आए

बिहीबार , पुस १७ २०८२
सन् २०२५ मा  ११ लाख ५८ हजार विदेशी पर्यटक आए

दक्षिण एसियाबाट सबैभन्दा न्यून पाकिस्तानबाट आएका छन्।

काठमाडौं - सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशीले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२५ मा २०२४ को तुलनामा १ प्रतिशत धेरै पर्यक आएका छन्। 

पर्यटक आगमनमा उत्साहजनक वृद्धि नहुँदा अझै पनि कोरोनापूर्वको वर्षको आधारमा पुग्न सकेको छैन। सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए। 

सन् २०२५ मा सबैभन्दा धेरै भारतबाट आएका छन्। २ लाख ९२ हजार ४३८ जनाले नेपाल यात्रा ग रेका छन्। यो २०२४ को तुलनामा ८ प्रतिशतले न्यून हो।

त्यस्तै चीनबाट आउने पर्यटक पनि घटेका छन् भने गत वर्ष बांगलादेशबाट आउनेको वृद्धिदर उच्च रहेको छ। बांगलादेशबाट ५७ हजार ५४५ ले यात्रा गरेका छन्। बांगलादेशको राजनीतिक अस्थिरताका कारणले नेपाल यात्रा गरेका थिए। 

दक्षिण एसियाबाट सबैभन्दा न्यून पाकिस्तानबाट आएका छन्। 


प्रकाशित : बिहीबार , पुस १७ २०८२१७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend