सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

प्रतिबन्धले मात्र रोक्न सक्दैन अभौतिक सम्पत्तिको जोखिम

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १७ २०८२
प्रतिबन्धले मात्र रोक्न सक्दैन अभौतिक सम्पत्तिको जोखिम

कानूनले प्रतिबन्ध गरे पनि हुन्डी, अनलाइन वित्तीय ठगी, जुवा, मनी म्युल प्रयोग गरेर सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध हुने गरेको छ।

काठमाडौं- अवैध र अनुचित कारोबारमात्र नभएर ठगीका लागिसमेत अभौतिक सम्पत्तिको कारोबार भइरहेको छ। नेपालमा पूर्ण प्रतिबन्ध र दण्डनीय भएपनि क्रिप्टोकरेन्सी जस्ता भर्चुअल सम्पत्तिको कारोबार अवैध रुपमा भइरहेको छ। 

क्रिप्टोलगायतका अभौतिक कारोबारको विषयमा अनुसन्धान र अभियोजन भइरहे पनि नेपालीहरूले नै यसमा लगानी तथा कारोबार गरिरहेका छन्। 

नेपाल राष्ट्र बैंक राष्ट्र बैंकले प्रकाशित गरेको भर्चुअल एसेट्स सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदनले यसको चुनौती बढिरहेको उल्लेख गरेको छ। 

कानूनले प्रतिबन्ध गरे पनि हुन्डी, अनलाइन वित्तीय ठगी, जुवा, मनी म्युल प्रयोग गरेर सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध हुने गरेको प्रतिवेदनमा उल्लेख छ। 

नियमन छल्नका लागि सीमापार भुक्तानीका लागि पनि यस्ता अपराधिक मार्गको प्रयोग हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२४ मा ९ हजार बढी साइबर वित्तीय ठगी तथा शंकास्पद कारोबारको रिपोर्टिङ भएको थियो। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत धेरै हो। यसमध्ये ६५ प्रतिशत क्रिप्टो तथा अनलाइन ठगी उल्लेख थियो। 


प्रकाशित : बिहीबार , पुस १७ २०८२१५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend