बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एलजीले घोषणा गर्‍यो टी-२० विश्वकपलक्षित क्याम्पेनअन्तर्गत पहिलो चरणका ४ जना विजेता

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १७ २०८२
एलजीले घोषणा गर्‍यो टी-२० विश्वकपलक्षित क्याम्पेनअन्तर्गत पहिलो चरणका ४ जना विजेता

काठमाडौं- एलजी नेपालले आईसीसी टी-२० विश्वकप क्रकेटलाई लक्ष्य गरेर सञ्चालन गरेको उपभोक्ता क्याम्पेनअन्तर्गत पहिलो चरणका विजेता घोषणा गरेको छ। 

कम्पनीले मंआगामी फेब्रुअरी ७ देखि भारत र  श्रीलंकामा हुने विश्वकप क्रिकेटलाई लक्ष्य गरेर मंसिर २९ गतेदेखि सञ्चालन गरेको उक्त क्याम्पेनअन्तर्गत पहिलो चरणका  ४ जना भाग्यशाली विजेता घोषणा गरेको हो। 

नेपालभरि लागू भएको क्याम्पेनअन्तर्गत पहिलो चरणमा ललितपुरको इमाडोल बस्ने उसन प्रधंगना, बुटवल बस्ने शिव आचार्य, काठमाडौंको नैकाप बस्ने प्रवास ढुंगाना र पाेखरा बस्ने विनोद सापकोटा विजेता चयन भएका छन्। 

उसन प्रधंगनाले सीजी डिजिटल इमाडोलबाट वाशिङ मेसिन, शिव आचार्यले बुटवलस्थित भाटभटेनीबाट टीभी खरिद गरेका थिए। यस्तै प्रवास ढुंगानाले कलंकी टीभी हाउस टीभी र विनोद सापकोटाले पोखरास्थित  न्यू साउण्ड एण्ड भिजनबा वाशिङ मेसिन किनेका थिए। 

विजेताहरूले मुम्बईको वानखेडे स्टेडियममा हुने नेपाली क्रिकेट टिमको कुनै एक खेल प्रत्यक्ष हेर्न पाउनेछन्। नेपालको पहिलो चरणका सबै खेल मुम्बईमा हुन गइरहेको छ।

एलजीले ४ रात ५ दिनको मुम्बई यात्रालगायत नेपालको खेल प्रत्यक्ष हेर्न पाउने यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने व्यवस्था मिलाएको छ।

एलजीको यस क्याम्पेनमा सहभागी हुन एलजीका कुनै पनि सामान खरिद गरेपछि अंग्रेजी अक्षरमा एलजी स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना लेखी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। 


प्रकाशित : बिहीबार , पुस १७ २०८२१३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend