काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो। बुधबार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा खरिद-बिक्री भएको थियो।
त्यसअघि मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ, सोमबार २ लाख ७० हजार रुपैयाँ र आइतबार अहिलेसम्मकै उच्च मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ प्रतितोला सुनको कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार भने चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
विश्व बजारमा आज एक औँस सुनको मूल्य ४ हजार ३ सय २५ अमेरिकी डलर र सोही परिमाणको चाँदीको मूल्य ७१ अमेरिकी डलर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


