बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आज कुन तरकारी र फलफूलको मूल्य कति छ?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १७ २०८२
आज कुन तरकारी र फलफूलको मूल्य कति छ?

गान्टेमुला प्रतिकिलो ८० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १२० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ४०० रुपैयाँ तोकिएको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८७ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १०८ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९७ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ९५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५ रुपैयाँ छ।

यस्तै गाजर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (नरिबल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मुला प्रतिकिलो ४० रुपैयाँ, सेतो मुला (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मुला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ।

त्यसैगरी मटरकोसा प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १६० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ८० रुपैयाँ, तिते करेला प्रतिकिलो ११० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १६० रुपैयाँ, घिरौँला प्रतिकिलो ११० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७५ रुपैयाँ, बरेला प्रतिकिलो ६० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ।

रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ७० रुपैयाँ, चमसुर प्रतिकिलो ८० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ६० रुपैयाँ, बकुला प्रतिकिलो ११० रुपैयाँ, तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३८० रुपैयाँ र कुरिलो प्रतिकिलो २००० रुपैयाँ निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो १५० रुपैयाँ, गाँठकोभी प्रतिकिलो ८५ रुपैयाँ, सेलरी प्रतिकिलो ३०० रुपैयाँ, पार्सले प्रतिकिलो ७०० रुपैयाँ, सौफको साग प्रतिकिलो ९० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ८० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १२० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ४०० रुपैयाँ तोकिएको छ।

स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३२० रुपैयाँ, केरा (दर्जन) २०० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो १०० रुपैयाँ, मौसम प्रतिकिलो १िलो ११० रुपैयाँ, जुनार प्रतिकिलो १२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, निबुवा प्रतिकिलो ७० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २३० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, लप्सी प्रतिकिलो ७५ रुपैयाँ, स्ट्रबेरी प्रतिकिलो ५०० रुपैयाँ, किबी प्रतिकिलो ३५० रुपैयाँ, सरिफा प्रतिकिलो २०० रुपैयाँ र एभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी अमला प्रतिकिलो ७५ रुपैयाँ, अदुवा प्रतिकिलो ८० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४२० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १२० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ४०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो ९० रुपैयाँ छ।

हरियो लसुन प्रतिकिलो १०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १२० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो ५०० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो २८० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १८० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २८० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ, रूख टमाटर प्रतिकिलो २५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : बिहीबार , पुस १७ २०८२१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend