काठमाडौं- पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ।
बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनुपर्ने आदेश गरेको हो ।
'पछि प्रमाण परीक्षण गर्दै जाँदा यी प्रतिवादीको हकमा ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त मिसिल संलग्न प्रमाणहरूको आधारमा निज प्रतिवादी राजकुमार गुप्तालाई प्रस्तुत मुद्दाको पूर्पक्षका लागि विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम ९१० बमोजिम थुनुवा पुर्जी दिइ थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू' आदेशमा भनिएको छ।