बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कानूनबमोजिम खर्च विवरण सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा रहँदैनन् : निर्वाचन आयोग

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १६ २०८२
कानूनबमोजिम खर्च विवरण सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा रहँदैनन् : निर्वाचन आयोग

खर्चको विवरण बुझाउने उम्मेदवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी फैलाइएका हल्लापछि आयोगले स्पष्ट पारेको हो।

काठमाडौं- निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानूनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ।

खर्चको विवरण बुझाउने उम्मेदवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी फैलाइएका हल्लापछि आयोगले स्पष्ट पारेको हो।

विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भइ प्रचलित निर्वचन कानूनअनुसार निर्वचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिइएको आयोगले जनाएको छ।

आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो कतिपय उम्मेदवारहरू कालोसूचीमा रहेको भन्ने समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ।

आयोगले विवरण समयमा नबुझाउने र विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको र तोकिएको जरिवाना सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका वा अदालतबाट सम्बन्धित उम्मेदवारका विषयमा आदेश भएको अवस्थाका उम्मेदवार पुनः उम्मेदवार हुनबाट बञ्चित नहुने जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तोकिएको खर्च सीमाभित्र तोकिएको समयमा आफ्नो निर्वाचनको खर्च विवरण बुझाएका तर त्यसलाई सार्वजनिक नगरेका उम्मेदवारले जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था रहेको जनाए। उनले जरिवाना तिरेपछि सम्बन्धित उम्मेदवार कालोसूचीबाट स्वतः हट्ने र पुनः उम्मेदवार बन्न बाधा नहुने बताए।


प्रकाशित : बुधबार, पुस १६ २०८२१५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend