बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १६ २०८२
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

काठमाडौं- भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ।  

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आईएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबीसै घण्टा (अरटीसी) आयात गर्न अनुमति नवीकरण गरेको हो। यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो। 

नेपाल विद्युत प्राधिकरणले ढल्केवर-मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो।  १७ पुसबाट १७ चैत (१ जनवरी-३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो। १८ चैतबाट १५ भदौ  (१ अप्रिल-३१ अगस्ट २०२६) सम्म्को नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटीसी मोडमा विद्युत आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए।

उनले आरटीसी मोडमा विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए। 


प्रकाशित : बुधबार, पुस १६ २०८२१४:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend