बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दिनदिनै घट्न थाल्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

बुधबार, पुस १६ २०८२
दिनदिनै घट्न थाल्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य प्रतितोला १ सय २० रुपैयाँले घटेको हो।

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य दिनदिनै घट्न थालेको छ। 

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो। 

हिजो मंगलबार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको थियो। सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार भने सुन अहिसम्मकै उच्च मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य प्रतितोला १ सय २० रुपैयाँले घटेको हो।

मंगलबार चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कायम करोबार भएको थियो। उक्त दिन चाँदीको मूल्य प्रतितोला ३ सय ५ रुपैयाँले घटेको थियो।

सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। 


प्रकाशित : बुधबार, पुस १६ २०८२११:०१
  • सम्बन्धित विषय:

  • # सुनचाँदी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend