रौतहट- मंगलबार बिहानदेखि अवरुद्ध पूर्व-पश्चिम महेन्द्र राजमार्ग केही बेरअघिदेखि सञ्चालनमा आएको छ। रौतहटको चन्द्रपुर नगरपालिका-४ लमाह पुलनजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर ट्यांकर हटाइएको हो। बाटोबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो।
यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर-गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए। रासस