सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

आजको मौसम : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

बुधबार, पुस १६ २०८२
आजको मौसम : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली
फाइल तस्बिर

देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू-भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ।

काठमाडौं- देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू-भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यसैबीच कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।


काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने पूर्वानुमान छ। रासस


प्रकाशित : बुधबार, पुस १६ २०८२०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend