बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

६४ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १५ २०८२
६४ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं- आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्।

बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो।  सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएको आयोगका  प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उक्त प्रणालीतर्फ ११० स्थानका लागि ६४ दलका गरी करिब तीन हजारभन्दा ४२४ उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ। बन्दसूची बुझाउने ६४ दलमध्ये ५४ दलको आफ्नो निर्वाचन चिह्न र १० दलबाट साझा निर्वाचन चिह्नमा उम्मेदवारी परेको छ।   

यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्द सूची बुझाउने क्रम जारी थियो। आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएका थिए।

प्राप्त बन्दसूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिकाअनुसार काम हुने बताए। आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ। यही पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरिने आयोगले जनाएको छ। आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ। रासस


प्रकाशित : मंगलबार, पुस १५ २०८२१२:०१
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # प्रतिनिधिसभा निर्वाचन २०८२
  • # प्रतिनिधिसभा निर्वाचन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend