सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १५ २०८२
एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ।

रौतहट- पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ आउँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्। घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए। 

हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सावारीसाधन धन्सार पुल नजिक रोकिएको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताउए। ट्यांकर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ भने ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम बढिरहेको छ। उक्त ग्यास ट्यांकर उठाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली आउँदै गरेको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, पुस १५ २०८२११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend