बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एकैदिन ७ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उच्च गिरावट

मंगलबार, पुस १५ २०८२
एकैदिन ७ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उच्च गिरावट

काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ। 

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो। सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो। 

आइतबार भने सुन अहिसम्मकै उच्च मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य आज प्रतितोला ३ सय ५ रुपैयाँले घटेको हो।

सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। 


प्रकाशित : मंगलबार, पुस १५ २०८२१०:५८
  • सम्बन्धित विषय:

  • # सुनचाँदी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend