मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

महालेखा नियन्त्रक कार्यालयले बुझायो तीनै तहका सरकारको एकीकृत वित्तीय विवरण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
महालेखा नियन्त्रक कार्यालयले बुझायो तीनै तहका सरकारको एकीकृत वित्तीय विवरण

संघीय सञ्चित कोषको सञ्चालन र तीनवटै तहका सरकारको एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार पारी पेश गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयले गर्दै आएको छ ।

काठमाडौं- महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को संघ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेश गरेको छ।

आज उक्त प्रतिवेदन महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक तोयम रायासमक्ष छुट्टाछुट्टै पेस गरेका हुन्।

संघीय सञ्चित कोषको सञ्चालन र तीनवटै तहका सरकारको एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार पारी पेश गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयले गर्दै आएको छ ।

'आर्थिक वर्ष २०८१/८२ मा संघ, प्रदेश र स्थानीय सरकारको सञ्चित कोषमा १ खर्ब ८ अर्ब ९९ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहे तापनि नगद अवस्था भने १ खर्ब ४ अर्ब १३ करोड ८४ लाख रुपैयाँले धनात्मक रहेको छ,' कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'संघ, प्रदेश र स्थानीय सरकार र बजेट प्रणालीबाहिर (एक्स्ट्रा बजेटरी) का विभिन्न कोषको मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात १ खर्ब ८८ अर्ब ९४ करोड ५८ लाख रुपैयाँले धनात्मक रहन गएको देखिएको छ।'

नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरूप तयार पारिएको प्रस्तुत विवरण तथा प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय सरकार र बजेट प्रणालीबाहिरका निकायका प्रचलित कानूनले तोकेका विवरण पनि प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ। रासस


प्रकाशित : सोमबार, पुस १४ २०८२१७:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend