बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल प्रहरीले संकलन गर्‍यो मंसिरमा ४० करोड २५ लाख रुपैयाँ राजस्व

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
नेपाल प्रहरीले संकलन गर्‍यो मंसिरमा ४० करोड २५ लाख रुपैयाँ राजस्व

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कानून कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजस्व संकलन भएको हो।

काठमाडौं- नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कानून कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजस्व संकलन भएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामदबापत १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ, ट्राफिक कारबाहीबापत ७ करोड १५ लाख ९३ हजार रुपैयाँ तथा अवैध सुनचाँदी बरामदबापत ८९ लाख ४५ हजार ३ सय ९३ रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै हुण्डी कारोबार गर्नेहरूबाट ६४ लाख ४३ हजार रुपैयाँ, स्रोत नखुलेको रकम ८५ लाख ९ हजार रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरूबाट २७ लाख ६४ हजार रुपैयाँ, अवैध काठ बरामदबाट २ लाख ८७ हजार रुपैयाँ र अवैध पशुपक्षीको कारोबार गर्नेहरूबाट ७ लाख २ हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता काफ्लेले बताए। रासस


प्रकाशित : सोमबार, पुस १४ २०८२१४:१५
  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • # राजस्व
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend