काठमाडौं- कामना सेवा विकास बैंकले स्याङ्जाको पुतलीबजार नगरपालिका-४ रामकोशस्थित रामकोश फूलबारी माध्यमिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई पोसाक र शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको शाखा कार्यालय बिरौटामार्फत पाेसाक र शैक्षिक सामग्री वितरण गरिएको हो।
बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पोखरेललाई पोसाक र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो।


