मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

भृकुटीमण्डपमा जारी 'घर निर्माण फेस्ट'का यी हुन् मुख्य आकर्षण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
भृकुटीमण्डपमा जारी 'घर निर्माण फेस्ट'का यी हुन् मुख्य आकर्षण

प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्‍याउन सक्नेछन्। त्यस्तै उल्टो घर, डोम हाउस, ६ लाखको घरलाई प्रदर्शनीमा विशेष आकर्षणका रूपमा राखिएको छ।

काठमाडौं- 'राष्ट्रिय घर निर्माण फेस्ट-२०८२' काठमाडौंको भृकुटीमण्डपमा जारी छ। घर निर्माण फाउन्डेसनको आयोजनामा आइतबारदेखि सुरु भएको फेस्टको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उद्घाटन गरेका थिए। 

'जे गर्छौं, नेपालमै गर्छाैँ' भन्ने नारासहित सुरु भएको फेस्टले नेपालमै अवसरहरू छन् भन्ने सन्देश दिएको मन्त्री घिसिङले बताए। निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राखेको छ।

पहिलो दिन आइतबार १५ हजारभन्दा बढी दर्शकले मेलाको आवलोकन गरेको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ। ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टमा २ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। मेलामा विश्वकै ठूलो इँट्टालगायत निर्माण सामग्री प्रदर्शनीमा राखिएको छ। 

फेस्ट मंगलबारसम्म जारी रहने छ। नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ग्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापना गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर निर्माण फेस्ट आयोजना गरिएको हो।

प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्‍याउन सक्नेछन्। त्यस्तै उल्टो घर, डोम हाउस, ६ लाखको घरलाई प्रदर्शनीमा विशेष आकर्षणका रूपमा राखिएको छ।


प्रकाशित : सोमबार, पुस १४ २०८२१२:५०
  • सम्बन्धित विषय:

  • # घर निर्माण फेस्ट
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend