बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वाणिज्य विभागले तिरायो ३ उद्योगलाई १ लाख १० हजार रुपैयाँ जरिवाना

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
वाणिज्य विभागले तिरायो ३ उद्योगलाई १ लाख १० हजार रुपैयाँ जरिवाना

नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारबाही गरेको छ।

काठमाडौं- नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारबाही गरेको छ।

विभागले तीनवटा उद्योग तथा फर्मलाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले सम्झना अचार उद्योगलाई १० हजार रुपैयाँ, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान ५०-५० हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारबाही गरेको हो। यसैगरी अन्य १४ वटा उद्योग/फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। 

बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ। रासस


प्रकाशित : सोमबार, पुस १४ २०८२११:२९
  • सम्बन्धित विषय:

  • # वाणिज्य विभाग
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend