मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

न्यूजिल्यान्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
न्यूजिल्यान्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्यूजिल्यान्ड लैजाने भन्दै ठगी गरी सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो।

काठमाडौं- वैदेशिक रोजगारीका लागि न्यूजिल्यान्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका-१ घर भइ हाल काठमाडौं कीर्तिपुर नगरपालिका-११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्यूजिल्यान्ड लैजाने भन्दै ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ निजलाई पक्राउ गरिएको उनले बताए।

कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आइतबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए।


प्रकाशित : सोमबार, पुस १४ २०८२११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend