बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हात्ती महोत्सवमा हात्ती पूजा गरी वनभोज खुवाइयो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
हात्ती महोत्सवमा हात्ती पूजा गरी वनभोज खुवाइयो

महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार अन्तिम दिन विशेष रूपमा हात्तीलाई भगवानको रूपमा पूजन गरिएको हो।

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८२ को आज अन्तिम दिन हात्ती पूजा गरी हात्तीलाई मन पर्ने परिकारसहित वनभोज खुवाइएको छ।

महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार अन्तिम दिन विशेष रूपमा हात्तीलाई भगवानको रूपमा पूजन गरिएको हो। धार्मिक गुरुहरूको उपस्थितिमा फूलमाला अर्पण गरी हात्तीलाई वनभोजका लागि निमन्त्रणा गरिएको थियो।

पूजापछि हात्तीलाई विभिन्न परिकारहरू खुवाइएको थपलियाले बताए। वनभोजमा कुची, सक्खर, पाउरोटी, उखुलगायत हात्तीलाई मनपर्ने १६ प्रकारका खानेकुरा राखिएको थियो। आजै हात्ती पेनाल्टी प्रतियोगिता पनि सम्पन्न भयो। प्रतियोगितामा लक्ष्मीकली प्रथम हुन सफल भइन्। रासस


प्रकाशित : आइतबार, पुस १३ २०८२१७:४८
  • सम्बन्धित विषय:

  • # हात्ती महोत्सव
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend