मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

महिनामा एक पटकमात्र चाँदी आयात गर्न २० लाख डलर सटही सुविधा पाइने

आइतबार, पुस १३ २०८२
महिनामा एक पटकमात्र चाँदी आयात गर्न २० लाख डलर सटही सुविधा पाइने

सुविधा माग गरेमा २० लाख अमेरिकी डलर  सुविधा पाउनेछन् भने अन्य सुनचाँदी व्यवसायीले चार लाख डलर सुविधा पाउनेछन्।

काठमाडौं-  चाँदी आयातका लागि विदेशी मुद्राको सटही सुविधा सम्बन्धीको व्यवस्थामा राष्ट्र बैंकले सामान्य हेरफेर गरेको छ। 

राष्ट्र बैंकले अहिलेको विद्यमान व्यवस्थामा प्रतिपटक सटही सुविधा गरेकोमा अबदेखि महिनामा एकपटकका लागिमात्र पनि सुविधा लिन खोज्ने बल्क सटहीको व्यवस्था गरिदिएको छ। 

औद्योगिक प्रायोजनका लागि चाँदी आयात गर्ने व्यवसायीले अबदेखि महिनामा एकपटकमात्र सुविधा माग गरेमा २० लाख अमेरिकी डलर  सुविधा पाउने छन् भने अन्य सुनचाँदी व्यवसायीले चार लाख डलर सुविधा पाउने छन्। 

विद्यमान व्यवस्थामा भने उद्योगले प्रतिपटक पाँच लाख डलर र अन्य व्यवसायीले एक लाख डलर सुविधा पाउँछन्। अबदेखि यो सुविधा पनि हुनेछ भने महिनामा एकपटकको सुविधा खोजेकोमा त्यो पनि पाउने भएका छन्। 


प्रकाशित : आइतबार, पुस १३ २०८२१६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend