आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

ठेक्कामा पेश्की लिन मिलेमतो, बैंक ग्यारेन्टी नै नक्कली 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
images
ठेक्कामा पेश्की लिन मिलेमतो, बैंक ग्यारेन्टी नै नक्कली 

सडक कार्यालय दाङ अन्तर्गतको ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी विटी/टौदह/फस्कु जेभी काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको आयोगले उल्लेख गरेको छ।

images
images

काठमाडौं- जनताको सुविधाका लागि विकास निर्माणको काम गरिन्छ। सरकारको नियम अनुसार प्रतिस्पर्धाका आधारमा निर्माण व्यवसायी छनौट गरिन्छ। व्यवसायी छनौट भएपछि कामका लागि बैंक ग्यारेन्टी राखिन्छ। त्यसको आफ्नै महत्व र अर्थ छ।

images
images
images

तर, सोही बैंक ग्यारेन्टीलाई समेत नक्कली बनाएर राज्यको ऐन, कानून र नियमको धज्जी कोही कसैले उडाउने प्रयास गर्छ भने त्यसलाई तपाईं के भन्नुहुन्छ? भएको यस्तै छ।

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरिएको मुद्दाको विवरणले त्यस्तै गैरकानूनी कार्यको फेहरिस्त सार्वजनिक गरिदिएको छ।

images
images

सडक कार्यालय दाङ अन्तर्गतको ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी विटी/टौदह/फस्कु जेभी काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको आयोगले उल्लेख गरेको छ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ दाङ घोराही र बोलपत्रदाता विटी/टौदह/फस्कु जेभीबीच भएको सम्झौता अनुसारको सोनापुर सिमेन्ट कारखाना सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले उपलब्ध गराएको कागजात नक्कली रहेको पाइएको छ। नक्कली कागजात बनाउने प्रबन्धक चौधरीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर अनुसार मागदाबी गरिएको छ।

सो निर्माण व्यवसायीका तर्फबाट तत्कालीन बिटीका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर बुढाथोकी र टौदहका प्रतिनिधि पुन्नबहादुर शाही विरुद्ध पनि आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। रासस 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend