मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ

अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामा 'क्यासिनो इभेन्ट' का नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीले जनाएको छ।

काठमाडौं- प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ। 

चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए। 

उनले भने, 'क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा प्रहरीले यसअघि क्यासिनोबाट चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको थियो,  सोही विषयको अनुसन्धानका लागि चिङलाई पक्राउ गरिएको हो।'

अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामा 'क्यासिनो इभेन्ट' का नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, पुस १३ २०८२१४:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend