बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

काठमाडौं- एनआईसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन्।

पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४औँ बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष अग्रवालले आज आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गरेका छन्। उनी उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्छन्। 

 


प्रकाशित : आइतबार, पुस १३ २०८२१३:१९
  • सम्बन्धित विषय:

  • # एनआईसी एसिया बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend