झापा- चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको अलैँची भारततर्फ निर्यात भएको छ।
कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ।
साथै ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार मूल्यबराबरको काउली र बन्दागोपी निर्यात भएको छ।
साथै नौ करोड १२ लाख ८७ हजारको मुसुरो र तीन करोड ७८ लाख ८३ हजार मूल्यबराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ। रासस