बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुन्डाई नेपालले ल्यायो आकर्षक छुट र सुविधासहितको 'विन्टर डिलाइट' अभियान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
हुन्डाई नेपालले ल्यायो आकर्षक छुट र सुविधासहितको 'विन्टर डिलाइट' अभियान

काठमाडौं- नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाई विन्टर डिलाइट' अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि चलिरहेको यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुआत गर्ने ग्राहकहरूलाई सीमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरू उपलब्ध हुनेछ।

विन्टर डिलाइट अभियानअन्तर्गत ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको छुट र छानिएका मोडलहरूमा १ लाख रुपैयाँसम्मको नया वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै १ वर्षको नि:शुल्क बीमा सेवा र नि:शुल्क सडक करको पनि लाभ लिन सकिनेछ।

हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई-भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको नि:शुल्क सर्भिसिङ उपलब्ध छ।

 


प्रकाशित : आइतबार, पुस १३ २०८२१३:०८
  • सम्बन्धित विषय:

  • # हुन्डाई
  • # हुन्डाई नेपाल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend