बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा छुट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १३ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा छुट


काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। 

समझदारीपत्रमा बैंकका तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।

बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूलाई आईएमई हस्पिटालिटीअन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने समझदारी भएको छ। जसमा आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तैः होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बागलुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेङ रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्म छुट पाउनेछन्।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ। 


प्रकाशित : आइतबार, पुस १३ २०८२१३:०१
  • सम्बन्धित विषय:

  • # एनआईसी एसिया बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend