बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फेरि उचाइतर्फ नै सुन र चाँदीको मूल्य, बन्यो कीर्तिमान

आइतबार, पुस १३ २०८२
फेरि उचाइतर्फ नै सुन र चाँदीको मूल्य, बन्यो कीर्तिमान

आइतबार चाँदी ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। गएको शुक्रबार चाँदी ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

सुन तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ। गएको शुक्रबार प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार चाँदी ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। गएको शुक्रबार चाँदी ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ।

पछिल्लो समय संसारका धेरै मुलुककले अमेरिकी डलरप्रतिको विश्वसनीयतामा पनि प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वासले गर्दा धेरै केन्द्रीय बैंकले सुनको खरिद बढाउन थालेका छन्। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

अन्तर्राष्ट्रिय बजारमा आज शुक्रबार एक औँस सुन ४ हजार ५ सय ३४ र चाँदी ७९.२५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ। 


प्रकाशित : आइतबार, पुस १३ २०८२१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend