बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२२० मोटरसाइकल किन्दै सशस्त्र प्रहरी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
२२० मोटरसाइकल किन्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बलले २ सय २० वटा दुईपांग्रे सवारी किन्ने भएको छ। सशस्त्रले साउन १५ गते मोटरसाइकल खरिद गर्ने आशयको. सूचना प्रकाशित गरेको थियो। 

काठमाडौं- सशस्त्र प्रहरी बलले २ सय २० वटा दुईपांग्रे सवारी किन्ने भएको छ। सशस्त्रले साउन १५ गते मोटरसाइकल खरिद गर्ने आशयको. सूचना प्रकाशित गरेको थियो। 

सोही सूचना अनुसार प्रतिस्पर्धाका आधारमा .मोटरसाइलकको आपूर्तिकर्ता छनोट भएको आशय पत्रको सूचना निकालेको हो। 

बिहीबार सूचना जारी गर्दै सशस्त्रले सार्वजनिक खरिद ऐन अनुसार उसले जगदम्बा मोटर्सबाट १ सय २५ सीसीका ५० थान र १ सय ६० सीसीका १ सय ७० थान मोटरसाइकल खरिद गर्ने भएको हो। 

१ सय २५ सीसीका ५० थान मोटरसाइकलका लागि कबोल प्रस्ता ८० लाख ७५ हजार २२ रुपैयाँ र १ सय ६० सीसीका १ सय ७० थान मोटरसाइकलका लागि ३ करोड ९० लाख ९ हजार ७ सय ६६ रुपैयाँ ४० पैसा कबोल प्रस्ताव गरिएको थियो। 

त्यस्तै सशस्त्रले १० वटा अफोर मोटरसाइकल खरिदको प्रक्रिया भने रद्द भएको जनाएको छ। सार्वजनिक खरिद ऐन २०६४ अनुसार नभएको भन्दै रद्द गरेको सशस्त्रको भनाइ छ। 

 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०८:४८
  • सम्बन्धित विषय:

  • # माेटरसाइकल कर
  • # सशस्त्र प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend