बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्न दलहरूलाई निर्वाचन आयोगको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १२ २०८२
समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्न दलहरूलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्न आग्रह गरेको छ। 

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै यहि पुस १३ र १४ गते अपराह्न ४ बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेदवारहरूको बन्दसूची पेश गर्न अनुरोध गरेको हो। 

उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुअघि राजनीतिक दलहरूले सर्वसाधारणका लागि सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन्।

'समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै उम्मेदवारको सूची तयार गरी तोकिएको समयभित्र पेश गर्नुपर्नेछ,' विज्ञप्तिमा भनिएको छ। रासस


प्रकाशित : शनिबार, पुस १२ २०८२१७:१३
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend