मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

निर्वाचनमा जान प्रमुख दल तयार, फागुन २१ को चुनावमा सहभागिताको प्रतिबद्धता

शनिबार, पुस १२ २०८२
निर्वाचनमा जान प्रमुख दल तयार, फागुन २१ को चुनावमा सहभागिताको प्रतिबद्धता

आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्।

काठमाडौं- आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका हुन्।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल चुनावमा जान तयार रहेको बताए। उनले भने, 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ, एमाले पनि रेडी छ, अन्य दलहरू पनि तयार छन्। अब सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्छ।'

बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि निर्धारित मितिमै निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सरकार आवश्यक सबै तयारीमा जुट्ने विश्वास दिलाएको बैठकमा सहभागी नेताहरूले बताएका छन्।


प्रकाशित : शनिबार, पुस १२ २०८२१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend