बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बागमती प्रदेशमा बढ्यो धान उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १२ २०८२
बागमती प्रदेशमा बढ्यो धान उत्पादन

काठमाडौं- बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ। बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ। 

अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढीपहिरोको असर कम परेको र रोगकीराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा वृद्धि भएको बागमती प्रदेशको कृषि विकास निर्देशानलयका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए। 

सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशमा चालु आर्थिक वर्ष  २०८२/८३ मा कुल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिकटनका दरले चार लाख ५१ हजार ७८ मेट्रिकटन धान उत्पादन भएको छ। 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल एक लाख पाँच हजार ४१५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिकटनका दरले चार लाख आठ हजार ३१६ मेट्रिकटन धान उत्पादन भएको थियो। यस्तै आर्थिक वर्ष २०८०/८१ मा एक लाख नौ हजार हेक्टर १५१ क्षेत्रफलमा धानबाली लगाइएकामा चार लाख १३ हजार ९८८ मेट्रिकटन धान उत्पादन भएको थियो। 

सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९६ मेट्रिकटनका दरले एक लाख ३५ हजार ५३२ मेट्रिकटन धान उत्पादन भएको छ। 

यस्तै नुवाकोटमा ११ हजार ६१५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव १३ प्रतिशतका दरले ४७ हजार ९७८ मेट्रिकटन र धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २३ प्रतिशतका दरले ४७ हजार २०३ मेट्रिकटन धान यस वर्ष उत्पादन भएको उनले बताए। 

उपत्यकाको काठमाडौंमा यस वर्ष तीन हजार ६०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९८ प्रतिशतका दरले १७ हजार ९२८ मेट्रिकटन, ललितपुरमा चार हजार १२८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ७८ प्रतिशतका दरले १९ हजार सात सय ३२ मेट्रिकटन र भक्तपुरमा दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर पाँच दशमलव ५३ प्रतिशतका दरले १४ हजार ९१४ मेट्रिकटन धान उत्पादन भएको सूचना अधिकारी कुँवरले बताए। 

यस वर्ष मकवानपुरमा आठ हजार ४९३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ८८ प्रतिशतका दरले ३२ हजार नौ सय ५१ मेट्रिकटन, सिन्धुलीमा १२ हजार ३८५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ७६ प्रतिशतका दरले ४६ हजार ५६८ मेट्रिकटन, काभ्रेमा आठ हजार १९८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २१ प्रतिशतका दरले ३४ हजार ५१४ मेट्रिकटन, रामेछापमा सात हजार ४६६ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६९ प्रतिशतका दरले २० हजार ८४ मेट्रिकटन र सिन्धुपाल्चोकमा सात हजार ९०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ०३ प्रतिशतका दरले २३ हजार ९३७ मेट्रिकटन धान उत्पादन भएको जनाएको छ । 

यस्तै बागमती प्रदेशको दोलखामा दुई हजार ७५८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६५ प्रतिशतका दरले सात हजार ३०८ मेट्रिकटन र रसुवा जिल्लामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव २२ प्रतिशतका दरले दुई हजार ४३१ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए।

समयमा वर्षा र रोगकीराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन दर बढेको सूचना अधिकारी कुँवरको भनाइ छ।  अघिल्लो वर्ष २०८१ असोज ११ र १२ को वर्षा र बाढीपहिरोका कारण धानबालीमा क्षति पुगेकाले उत्पादनमा एक दशमलव ३७ प्रतिशतले ह्रास आएको थियो। रासस


प्रकाशित : शनिबार, पुस १२ २०८२१४:३२
  • सम्बन्धित विषय:

  • # धान
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend