बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‍ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १२ २०८२
‍ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग छलफल गर्न लागेकी हुन्।

 

काठमाडौं- सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न लागेकी हुन्। 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै छिन्। छलफलमा सञ्चारमन्त्री खरेल पनि सहभागी हुनेछन्।

निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग छलफल गर्न लागेकी हुन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग छलफल भएको थियो। 

निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र दाहालसँग उनीहरूकै निवासमा पुगेर छलफल गरेका थिए। 

 


प्रकाशित : शनिबार, पुस १२ २०८२१३:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend