मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १२ २०८२
वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको बताए।

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ संकलन गरेको छ। 

वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरीका ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व संकलन भएको हो। राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा ३१ दशमलव ३९ प्रतिशत छ। 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको बताए।

त्यस्तै दोस्रो धेरै राजस्व भने यातायातका साधन र तिनका पार्टपुजा आयातबाट १२ अर्ब ७४ करोड रुपैयाँ संकलन भएको छ। आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत छ।

त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने ५ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।  त्यस्तै कपडाहरूको आयातबाट भने ४ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। 

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा समग्रमा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : शनिबार, पुस १२ २०८२११:३४
  • सम्बन्धित विषय:

  • # वीरगञ्ज भन्सार कार्यालय
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend