मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

शनिबार, पुस १२ २०८२
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
फाइल तस्बिर

हाल तराईका केही स्थानहरूमा  हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

हाल तराईका केही स्थानहरूमा  हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। 

त्यस्तै आज राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। रासस

प्रकाशित : शनिबार, पुस १२ २०८२०८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend