काठमाडौं- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई हाजिरी जमानीमा छाड्न निर्णय भएको छ।
विशेष सरकारी वकिल कार्यालयले बैंकिङ कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका शेरचनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो।
सीआईबीले गएको मंसिर १४ गते सीईओ शेरचन, डीसीईओ मणिराम पोखरेल र सीआईओ रिवाज श्रेष्ठलाई पक्राउ गरेको थियो भने मंसिर २४ गते रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्य, मंसिर २७ गते गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका थिए।