बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

३३औँ त्रिवेणी कप फुटबल शनिबारदेखि, डिसहोम गो र एक्सन स्पोर्ट्स एचडी वानमा प्रत्यक्ष प्रसारण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ११ २०८२
३३औँ त्रिवेणी कप फुटबल शनिबारदेखि, डिसहोम गो र एक्सन स्पोर्ट्स एचडी वानमा प्रत्यक्ष प्रसारण

काठमाडौं- लमजुङको बेँसीसहरमा ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता भोलि शनिबारदेखि सुरु हुने भएको छ। यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा सम्पूर्ण खेलहरू डिसहोम गो एप र एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजन च्यानलमार्फत प्रत्यक्ष तथा एक्सक्लुसिभ रूपमा प्रसारण गरिने जनाइएको छ। यसले देश–विदेशमा रहेका फुटबलप्रेमी दर्शकहरूलाई घरमै बसेर प्रतियोगिताको रोमाञ्चक प्रत्यक्ष अनुभव गर्न सहज बनाउने आयोजकको विश्वास छ।

सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ पाउनेछ।

यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५/२५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

यस प्रतियोगितामा विभागीय टिम एपीएफ एफसी, सुन्दरबजार एफसी, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो एफसी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी, श्री भगवती एफसी, त्रिवेणी युथ क्लब, चर्च ब्वाइज युनाइटेड एफसी र बुद्ध युवा क्लब उपाधिका लागि भिड्नेछन्।

यस प्रतियोगिताका आयोजकले सम्पूर्ण खेलप्रेमी दर्शकहरुलाई डिसहोम गो र एक्सन स्पोर्ट्स एचडी वान मार्फत नि:शुल्क रुपमा प्रत्यक्ष प्रसारण गर्ने छ। साथै खेलप्रेमी दर्शकहरुले खेलको आनन्द लिनको लागि बेँसीसहर पुगेर खेल हेर्नका लागि आग्रहसमेत गरेको छ।


प्रकाशित : शुक्रबार, पुस ११ २०८२१५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend