बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रोहित पौडेलले जितेको जेइको जे५ को २५ प्रतिशत उपहार कर एसपीजी अटोमोबाइल्सले बेहोर्ने

बिहीबार , पुस १० २०८२
रोहित पौडेलले जितेको जेइको जे५ को २५ प्रतिशत उपहार कर एसपीजी अटोमोबाइल्सले बेहोर्ने

४ सय ६१ किलोमिटरको रेन्ज, १ सय ५५ किलोवाटको शक्तिशाली मोटर र १ सय ८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपालको विविध भू-बनोटमा एक च्याम्पियनको यात्राका लागि उत्कृष्ट सहयात्री हुनेछ।

काठमाडौं- नेपाल प्रिमियम लिग (एनपीएल) सिजन २ को ऐतिहासिक समापनसँगै नेपालका लागि ओमोडा र जेइको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलका लागि एक महत्वपूर्ण सहयोगको घोषणा गरेको छ।

एनपीएल सिजन २ मा 'इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट' घोषित भएका रोहित पौडेललाई पुरस्कार स्वरूप प्रदान गरिएको जेइको जे५ विद्युतीय एसयूभीको भव्य हस्तान्तरण कार्यक्रमका क्रममा कम्पनीले उक्त गाडीमा लाग्ने २५ प्रतिशत उपहार कर पूर्ण रूपमा आफैँले बेहोर्ने आधिकारिक घोषणा गरेको छ।

जेइको जे५ एक प्रिमियम विद्युतीय एसयूभी हो जसलाई विलासिता र मजबुत प्रदर्शन दुवैका लागि डिजाइन गरिएको छ।

४ सय ६१ किलोमिटरको रेन्ज, १ सय ५५ किलोवाटको शक्तिशाली मोटर र १ सय ८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपालको विविध भू-बनोटमा एक च्याम्पियनको यात्राका लागि उत्कृष्ट सहयात्री हुनेछ।

एसपीजी अटोमोबाइल्स नेपालका लागि ओमोडा जेइको र आईकार ब्रान्डहरूको आधिकारिक बिक्रेता हो। 

कम्पनीले उच्च गुणस्तरका दिगो गाडीहरू मार्फत नेपालको हरित ऊर्जा रूपान्तरणमा सहयोग पुर्‍याउनुका साथै राष्ट्रको खेलकुद क्षेत्रको विकासमा सक्रिय रूपमा सहयोग गर्दै आएको छ।

प्रकाशित : बिहीबार , पुस १० २०८२१८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend