काठमाडौं- नेपालको नं. १ लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले क्रिसमस र नयाँ वर्ष सन् २०२६ को अवसरमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम दिपल ‘फेस्टिभ ड्राइभ’ सुरु गरेको छ।
यो कार्यक्रममा ग्राहकले अत्याधुनिक ईभी प्रविधिको अनुभव गर्नुका साथै आकर्षक फेस्टिभ बेनेफिटहरू पाउनेछन्।
पुस १० देखि सुरु भएको यो अभियान पुस १७ सम्म सञ्चालन हुनेछ। अभियानमा ग्राहकहरूले नक्सालस्थित चांगान शोरुममा दिपलका प्रिमियम ईभी मोडेलको टेस्ट ड्राइभ लिनुका साथै आफ्ना पुराना सवारीसाधन साटेर नयाँ दिपल ईभी एक्सचेन्ज गर्न सक्नेछन्।
यो अभियानको उद्देश्य चाडपर्वको खुसीसँग नेपाली उपभोक्तालाई स्मार्ट, स्वच्छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटीतर्फ प्रोत्साहन गर्नु रहेको छ।
कार्यक्रममा फेस्टिभ डेकोरेसन, सान्टा रोबोटको अनुभवका साथै ग्राहकहरूले आकर्षक गिफ्ट ह्याम्पर पनि पाउनेछन्।
दिपलले नवीनता, जीवनशैली र उत्सवलाई एउटै प्लेटफर्ममा समेट्ने प्रयासस्वरूप यो अभियान सुरु गरेको हो। यसको उद्देश्य केबल अफर मात्र होइन ग्राहकसँग भावनात्मक सम्बन्ध निर्माण गर्नु पनि रहेको कम्पनीले जनाएको छ।


